श्रीलङ्का, ३० असार । प्रदर्शन चर्किएपछि माल्दिभ्स भागेका श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षे त्यहाँबाट सिङ्गापुर जाने तयारीमा रहेका छन् ।
प्रदर्शनकारीले राष्ट्रपति कार्यालय नै कब्जा गरेपछि उनी बुधबार माल्दिभ्स पुगेका थिए । राजापाक्षेसँगै उनकी श्रीमती र दुई अङ्गरक्षक समेत कोलम्बोबाट सेनाको जहाजमा माले पुगेका हुन् ।
राजापाक्षे देशबाट भागेपछि राजनीतिक सङ्कट थप गहिरिएको छ । तत्काल सङ्कट टर्ने सङ्केत देखिएको छैन । श्रीलङ्कामा अहिले आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।