Logo

मावेशी शिक्षाका लागी शिक्षक र बिद्यालय ब्यवस्थापन समितिलाई अभिमुखीकरण तालीम



झापा, १२ जेठ । समावेशी शिक्षाका लागी शिक्षक र बिद्यालय ब्यवस्थापन समितिहरुलाइ दुई दिने अभिमुखीकरण तालीम अर्जुनधारा नगरपालिकाले सम्पन्न गरेको छ ।

अपाङ्गता रोकथाम तथा पुनस् स्थापना कार्यक्रम अन्तर्गत अर्जुनधारा नगरपालिका भरिका २८ ओटा सामुदायिक बिद्यालयका २८ जना प्रधानाध्यापक तथा बिद्यालय ब्यवस्थापन समितिका २८ जना अध्यक्ष एवम् प्रतिनिधिहरु गरि ५६ जनालाई जेठ ८ गते देखि ११ गते सम्म दुई समूह बनाइ ४ दिन सम्म तालीम सन्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले बताउनु भयो ।

कार्यक्रममा समुदाय एवम् बिद्यालयमा विभिन्न खाले अपाङ्गता भएका बालबालिकाहरुलाइ पहिचान गरी बिद्यालयमा उनिहरुको यथोचित ब्यवस्थापन तथा पठनपाठन गर्न सहज बनाउन उनीहरुको क्षमता अभिबृद्वी, श्रोत कक्षा र शिक्षण, पुनःस्थापनका र अपाङ्गता न्यूनीकरण गर्नका लागी प्रधानाध्यापक, शिक्षक एवम् बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा सरोकारवाला अभिभावकहरुलाई अर्जुनधारा नगरपालिकाले तालीम सन्चालन गरेको हो ।

विभिन्न अपाङ्गता भएको बालबालिकाहरुले समाबेशी रूपमा बिद्यालयमा शिक्षा र सीप लिन पाउनु पर्छ र अब जन्मने बालबालिकाहरुले अपाङ्गता भएर जन्मनु नपरोस् भन्दै आमाको पेटबाटै चेकजाँचको ब्यवस्थापन गरिएको र प्रत्येक वाडमा स्वास्थ्यकर्मी र सहजकर्ता ब्यवस्थापन गरिएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बलदेव गोम्देन, बिशिस्ट अतिथि उपप्रमुख खडगमाया पराजुलीले आफ्नो भनाइ राख्नु भएको थियो ।
कार्यक्रम करुणा फाउन्डेसन, सामाजिक बिकास मन्त्रालय कोशी प्रदेश, राष्ट्रिय अपाङ्गता महासंघ कोशी प्रदेश र अर्जुनधारा नगरपालिकाको संयुक्त आयोजनामा संचालन गरीएको प्रमुख प्रशासकीय अधिकृत रिमालले बताउनु भयो ।

कार्यक्रममा सहभागीहरुको तर्फबाट श्री आधारभूत बिद्यालय अर्जुनधारा ९ का बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जितेन योन्जन, भानु मा बि अर्जुनधारा ५ का प्रधानाध्यापक रुपक दाहालले समावेशी शिक्षा सम्बन्धि यो अभिमुखिकरण तालिमले बिद्यालय र समुदायमा भएको अपाङ्गता भएको बालबालिकाहरुको श्रोत शिक्षक र कक्षा शिक्षण र सीप र पुनःस्थापनका लागी आफुहरु लागी पर्ने प्रतिबद्धता सहित लाभदायक तालीम प्रदान गरेकोमा आयोजकहरुमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।

शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा संचालित तालीमको सहजीकरण शिक्षा शाखा प्रमुख हरिबहादुर कवरले गर्नु भएको थियो भने कार्यक्रमको संचालन शाखाकी प्राबिधिक सहायक समिरा दहालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्