Logo

माेरङ ३ (क) मा कांग्रेसका मानबहादुरकाे उम्मेदवारी दर्ता



मोरङ, २४ कात्तिक । मोरङको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ को प्रदेश सभा (क) मा नेपाली कांग्रेसबाट मानबहादुर लिम्बूले बिहीवार मनोनयन दर्ता गराएका छन् ।

यो क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएका कारण कांग्रेसको उम्मेदवार खाली भएको थियो । निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि नयाँ कार्यतालिका प्रकाशन गरेको थियो । मोरङ क्षेत्र नम्बर-३ को (क) का लागि निर्वाचन आयोगले आज उम्मेदवारको मनोनयन दर्ता, सूची प्रकाशन र दाबी विरोधको कार्यक्रम गर्दैछ ।

निर्वाचन कार्यक्रमअनुसार शुक्रवार अन्तिम नामावली सार्वजनिक गर्ने र मङ्सिर ४ गते नै मतदान हुने आयोगले जनाएको छ । जुन दलको उम्मेदवारको निधन भएको हो त्यही दलको तर्फबाट मात्रै उम्मेदवारी दर्ता गर्नुपर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्