Logo

मिक्लाजुङमा १३ वटा हात्ती एकसाथ गाउँ पसे, रातभर सुत्न छाडे स्थानीय



मोरङ, ९ फागुन । मोरङको मिक्लाजुङ गाउँपालिकामा १३ हात्ती एकसाथ गाउँ पसेका छन् ।

हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर सुत्न छाडेका छन् ।

चारकोसे झाडीसँगै रहेको उक्त गाउँपालिकामा हात्तीको बथान गाउँ पसेर जनधनको क्षति पु¥याएको स्थानीयले बताएका छन् । गए राति मिक्लाजुङ-६ मा १३ हात्तीले एकसाथ गाउँ पसेर तीन घरमा क्षति पु¥याएका छन् ।

सोमबार राति पनि हात्तीको बथान गाउँ पसेर स्थानीय हरि सुवेदीको २० मन धान नष्ट गरेको छ । हात्तीले सुवेदीको घरमा समेत क्षति पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्