Logo

मिटरब्याजको समस्या समाधानमा कुनै हेलचेक्र्याइँ भएको छैन: गुरुङ



काठमाडौँ, १७ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरब्याजको समस्या समाधानमा कुनै हेलचेक्र्याइँ नगरिएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा मन्त्री गुरुङले विधेयकलाई अघि बढाउन केही ढिलाइ भए पनि मिटरब्याजीपीडितको समस्या समाधानमा कुनै हेलचेक्र्याइँ नगरिएको बताए ।

समयमा नै विधेयक संसद्मा प्रस्तुत हुनुपर्ने भए पनि त्यसो हुन नसकेको भन्दै उनले नेपाल सरकारको तर्फबाटै माफी मागेका छन् । उनले कानुनमार्फत मिटरब्याजी प्रकरणमा दोषी हुने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने स्पष्ट पारेका छन् ।

उनले आर्थिक लेनदेनको कारोबारलाई स्थानीय तहबाट प्रमाणीकरण गर्ने कानुनी व्यवस्थाको प्रस्ताव गरिएको र यसका कारण वास्तविक ऋण लिनेहरु नठगिने र नक्कली पीडित हुने समस्या पनि नहुने दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्