Logo

मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रिय: गृहमन्त्री



सर्लाही, १६ वैशाख । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरीबलाई दु:ख दिने मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रियतापूर्वक लागिपरेको बताएका छन् ।

आज सर्लाहीको बागमती नगरपालिका-११ स्थित नमूना पहरी बस्ती हस्तान्तरण कार्यक्रममा मन्त्री श्रेष्ठले राजनीतिक पहुँचका भरमा कुनै पनि मिटरब्याजीलाई उन्मुक्ति नदिने बताए । उनले थपे, “भ्रष्टाचार नियन्त्रणका लागि वर्तमान सरकार शून्य सहनशीलताको सिद्धान्तमा अघि बढेको छ ।”

बागमती नगरपालिका-११ स्थित चुरे पर्वतको फेदीमा लोपोन्मुख जाति पहरी परिवारका लागि रु एक करोड ५३ लाख निर्माण गरिएको १३ बेग्लाबेग्लै पक्की घरको साँचो ज्येष्ठ नागरिक ठूलीमाया पहरीलाई मन्त्री श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्