Logo

मिटर व्याज पीडित पुनः सडकमा



काठमाडौँ, २४ असार । अध्यादेश निष्क्रय भएपछि मिटर व्याज पीडितले आजदेखि काठमाडौँमा प्रदर्शन थालेका छन् । उनीहरुले आज संसद घेराउ गर्न माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् । तत्काल कानून पारित गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले चैत १८ गतेको सहमति कार्यान्वयन गर्न माग गरेका छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई सामन्तका मतियारको आरोप लगाएका छन् ।

सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक संविधान अनुसार ६० दिनभित्र संसदबाट पारित नहुने भएका कारण निष्क्रिय भएको छ । विधेयक निष्क्रिय भए पछि उनीहरुले आक्रोस व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा एमाले, रास्वपा र राप्रपाले संसद अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्