काठमाडौँ, २९ भदौ । राष्ट्रियसभाका सदस्य देवेन्द्र दाहालले मिटर व्याजबाट पीडित जनताहरू न्याय माग्न जाँदा सरकारले उल्टै लाठीचार्ज गरेको बताएका छन् ।
बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद दाहालले मिटर व्याजबाट पीडित जनताहरूको आवाज सुन्नुको साटो सरकारले पीडितहरूलाई नै दमन गर्ने कार्य गरेको बताएका हुन् । उनले मिटर ब्याजीहरुले व्यापक रूपमा जनताहरूसँग ब्याज असुल गरेर ठगी गर्दै आइरहे पनि पीडितहरूलाई न्याय दिनुको सट्टा सरकारले उल्टै दमन गरेको भन्दै पीडित माथिको दमन अभिलम्ब रोक्न माग गरेका छन् ।
नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको प्रमुख सचेतक समेत रहेका दाहालले देशभर सिटामोलको अभाव रहेको र त्यसको व्यवस्था अभिलम्ब गर्न सरकारसँग माग गरेका छन् ।







