Logo

मिनीबस-ट्रक ठोक्किदा इरानमा १६ जनाको मृत्यु



इरान, १४ भदौ । दक्षिणपश्चिम इरानमा मङ्गलबार मिनीबस र ट्रक ठोक्किदा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।

दक्षिणपश्चिमी प्रान्त खुजेस्तानको गभमिशाबादबाट शुष्टर जाने बाटोमा ट्रकसँग मिनीबस ठोक्किएको शुष्टारका चिकित्सा विज्ञान विश्वविद्यालयका प्रमुख मोज्ताबा कलान्तरले बताएका छन् ।

उनले कामदारहरू सो मिनीबसमा सवार रहेको पुष्टि गरेका छन् । आपत्कालीन सेवा र एम्बुलेन्सको सहायताले घाइतेहरूलाई अस्पताल पुर्याइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्