झापा, २६ माघ । मिसेस युनिभर्स सुपरस्टारको उपाधि उमा श्रेष्ठले हात पारेकी छिन्। काठमाडौंमा आयोजित ‘युनिभर्सल सुपर स्टार २०२५’मा उनले उक्त उपाधि हात पारेकी हुन् । झापाकी श्रेष्ठ काठमाडौंलाई कर्मथलो बनाएर वकालत गर्दै आइरहेकी छिन् ।
सोही प्रतियोगितामा मिस टिन युनिभर्स सुपर स्टार’को उपाधि सञ्जिता श्रेष्ठले , ‘मिष्टर युनिभर्सल सुपरस्टार’को उपाधि कपिल सराफ र सुमिना श्रेष्ठले ‘मिस युनिभर्स सुपरस्टार’(ग्लोवल)ले प्राप्त गरे ।
स्मार्ट गफ एपको आयोजनामा द प्लाजा पुल्चोक ललितपुरमा भएको प्रतियोगितामा अर्गनाइज च्वाइसको उपाधि रुथ पाख्रिन, पब्लिक च्वाईसको उपाधि कुराना स्याग्ताङ, शर्मिला श्रेष्ठ र अमृता गिरीले जितेकि छिन ।
रोजिन शाक्यको कोरियोग्राफी, रमेश जंग शाही कार्यक्रम निर्देशक रहेको प्रतियोगीता युवा, युवतीदेखि विवाहित महिलासम्मको प्रतिभा निखार्ने उद्देश्यले आयोजना भएको कार्यक्रम आयोजक प्रमीला सिलवालले बताइन् ।
अभिनेत्री रेखा थापा (नेपाल), उज्वोल रे (अमेरिका), सञ्जय रौनियार (भारत), फन किम ओआन (भियतनाम) , अल्भारेज (कोलम्बिया) र पौयल प्रमणिक (भारत) प्रतियोगिताको निर्णायकमा रहेका थिए ।
प्रतियोगितामा ड्रेस डिजाइन समिक्क्षा लामिछाने, दुर्गा विष्ट, रुवि पौडेल, सजिना विष्ट, शर्मिष्ठा श्रेष्ठ र अनिता खत्री र मेकअप रोजिना सुवाल र टिमको रहेको थियो । सबै विजेता आगामी जुलाई २८ मा अमेरिकाको फ्लोरिडामा आयोजना हुने ‘मिस एण्ड मिस टिन युनिभर्सल ग्लोबल’मा सहभागिता जनाउने आयोजकले जनाएको छ।