काठमाडौं, १६ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिनेहुनु भएको छ।
आज पार्टी सभापति शेरबहादुर देउवालाई भेटेपछि लामा राजीनामा दिन तयार हुनुभएको हो । सभापति देउवाले पनि उनलाई राजीनामा दिन निर्देशन दिनुभएको थियो ।
लामाले आजै वा भोलि हेटौँडा फर्किएर राजीनामा दिने बुझिएको छ। लामाले राजीनामा दिनुअघि पत्रकार सम्मेलन गर्ने निकटष्थहरूले जानकारी दिएका छन् ।
बागमतीमा इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने तयारी काँग्रेसको छ ।