मुगु, ६ असोज । मुगुको सदरमुकामको छायाँनाथ रारा नगरपालिका वडा नं २ मा पर्ने गमगढी बजारमा गएराती १२ बजे भएको आगलागीमा आठ घर जलेर नष्ट भएका छन् । कालीकामालीका मन्दिरको पश्चिमी क्षेत्र तिर आठ घर जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त आगलागीबाट जलेका घर धनीहरूको नाम तार्के लामा , सोनाम लामा,जङ्ग बहादुर ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, प्रदीप रावल, पुतली शाही पद्मराज मल्ल रहेका छन् ।
सटरमा भएका व्यवसायिक सामग्रीसहित करोडौँको क्षती भएको हुन सक्ने अनुमान गरिएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी र स्थानीय बासिन्दाहरू खटिएका छन् । गमगढी खानेपानीको पानी प्रयोग गरी आगो नियन्त्रण गर्ने प्रयास जारी छ ।







