मुगु, ३० साउन । मुगुमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।
गमगढी बजार र नेपालगञ्ज जान जीप चढेका हुम्लाका पाँच जनामध्ये चार जनाको ज्यान गएको हो ।
मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए । उनका अनुसार ज्यान गुमाउनेमा हुम्लाको सर्केगाड-२ रिपगाउँका एकै नाम थारका दुई जना राम परियार, प्रकाश बोहोरा र पीयूष परियार रहेका छन् ।
घाइते हुनेहरुमा मुगुको सोरु गाउँपालिका-७ सिप गाउँका जीप चालक दिनेश लावड, सोरु-५ का गोविन्दा शाही र सोरु-५ का वडा सदस्य लोकजङ्ग नेपाली, सोरु-६ का सेरे रोकाया र हुम्ला सिमीकोट-२ का उदीप बोहोरा छन् ।
सोमबार बेलुका सोरु गाउँपालिकाबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको ग १ ज ७७६२ नम्बरको जीप सोरु गाउँपालिका-७ चिप्लेगाडामा दुर्घटना भएको हो ।







