
चितवन, १८ साउन । पहिरो पन्छाएपछि मुग्लिन-नारायणगढ सडकखण्ड खुलेको छ ।
पहिरो खसेको झण्डै ८ घण्टापछि सडक खुलेको सडक डिभिजिन कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीले जानकारी दिए ।
सडकमा गएराति र सोमबार रातिदेखिका केही गाडी रोकिएकाले लामो जाम छ । लेन अनुशासन पालना गरेर गाडी चलाउन उनले आग्रह गरेका छन् । रोकिएका सबै गाडी एकैपटक चल्दा लेन अनुशासन पालना नहुने र यसकै कारण जाम हुने गरेकाले लेन अनुशासन पालना गर्न उनले आग्रह गरेका हुन् ।






