चितवन, २० असोज । पहिरोका कारण नागढुंगा नौबिसे र मुग्लिन नारायणगढ सडकखण्ड ठप्प भएको छ ।
बिहान ८ बजे पछि नागढुंगा नौबिसे सडकखण्ड अन्तरगतको सुरुङमार्गमा पहिरो खस्दा दुईतर्फी नै सडक ठप्प भएको प्रहरीले जनाएको छ ।
यस्तै, मुग्लिन नारायणगढ सडकखण्ड अन्तरगत चितवनको १८ किलोमा पहिरो खसेको छ । यसले यो सडकखण्ड पनि दुईतर्फी नै ठप्प भएको हो ।







