Logo

मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी खुल्यो



फायल तस्बिर

चितवन, १६ असार । पहिरो खसेर बन्द भएको मुग्लिन-नारायणगढ सडकखण्ड खुलेको छ ।

आज बिहान ३ बजेदेखि बन्द सडक पहिरो पन्छाएर एकतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अहिले रोकिएका गाडी गन्तब्यतर्फ लागेका छन् । यो सडकखण्डमा गाडीको चाप रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-५ तीन किलोमा बिहान तीन बजेतिर पहिरो खसेपछि सडक बन्द भएको थियो । बिहीबार दिउँसो पनि यही ठाउँमा पहिरो खसेर बन्द भएको सडक २८ घण्टापछि शुक्रबार बेलुकी ५ बजेदेखि खुलेको थियो । गएराति फेरी पहिरो खसेर सडक बन्द भएको थियो । माथिबाट लगातार ढुंगा झरिरहने भएकाले यो ठाउँमा जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्