चितवन, २० असोज । चितवनको केराबारीमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड बन्द भएको छ ।
केही बेरअघि पहिरो खसेर सडक बन्द भएको प्रहरीले जनाएको छ ।
यस सडक खण्डमा लगातार पहिरो खसिरहेकाले पहिरो पूर्णरूपमा पन्छाउन समस्या भइरहेको छ । पहिरो हटाएर गाडी सञ्चालनमा ल्याउने गरेको भए पनि फेरि अर्को ठाउँमा पहिरो खसेर सडक बन्द हुने गरेको छ ।
लगातारको वर्षाका कारण पहिरो खस्दा केही राष्ट्रिय राजमार्ग र विभिन्न जिल्लाका ग्रामीण सडकहरू बन्द भएका छन् ।






