Logo

मुग्लिन-नारायणगढ सडक पुन: अवरुद्ध



चितवन, १४ साउन । कालीखोलामा लेदोसहितको पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिकामा रहेको कालीखोला पुल नजिक अविरल वर्षापछि माथिबाट आएको लेदोका कारण सडक अवरुद्ध भएको हो।

बाटोमा लेदो थुप्रिएका कारण सडक खण्ड भएर चल्ने गाडी रोकिएका सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । लेदो पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ ।

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक पटक-पटक बन्द हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्