चितवन, १४ साउन । आइतवार बिहानैदेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक दिउँसो ३ बजेपछि दुईतर्फी नै सञ्चालनमा आएको छ ।
आज बिहान इच्छाकामना गाउँपालिका-६ मा पर्ने कालीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरोका कारण सयौँ गाडी र यात्रु अलपत्र परेका थिए । पहिरो हटाएपछि अहिले सडक पूर्णरूपमा सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।
वर्षाका कारण यो सडक खण्डका विभिन्न ठाउँमा पहिरो जाँदा पटक-पटक अवरुद्ध हुँदै आएको छ ।





