Logo

मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा



चितवन, १४ भदौ । पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-६ मा रहेको नाम्सी पुल नजिकै बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

केहीबेर अघि एकतर्फी सञ्चालनमा आएको सडक पहिरो पन्छाएपछि दुईतर्फी नै खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको हो ।

यसअघि पनि नाम्सी पुल नजिकै पहिरो खस्दा पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो । गएको शनिवार पनि यही क्षेत्रमा पहिरो खसेको थियो भने ७ गते र ५ गते पनि पहिरो गएको थियो ।

प्रतिक्रिया दिनुहोस्