Logo

मुद्दामाथि मुद्दा हालेर मलाई सिध्याउने षड्यन्त्र भइरहेको छ: लामिछाने



चितवन, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मुद्दामाथि मुद्दा हालेर सिध्याउने षड्यन्त्र भइरहेको बताएका छन् ।

चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवार बनेका लामिछानेले भरतपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै जति मुद्दा हाले पनि आफू नडराउने बताए ।

‘जताजता मुद्दा हाल्नुपर्छ हाले हुन्छ, देशमा हालेर पुग्दैन भने विदेशमा पनि हाले हुन्छ’, लामिछानेले भने, ‘म यस्ता मुद्दाबाट डराउनेवाला छैन । ५ वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार कसैले रोकेर रोकिने वाला छैन ।’

आफूले पुराना भ्रष्टाचारको फाइल खोल्ने भनेर संसदमै उद्घोष गरेकाले आफूलाई सिध्याउन भएभरको स्रोत साधन लगाइएको लामिछानेको आरोप छ । आफूले कुनै अपराध नगरेको भन्दै उनले आफ्नो अवस्थाबारे कुनै नलुकाइ इमानदारिता पूर्वक बताएको उल्लेख गरेका थिए ।

‘मैले इमान्दारिपूर्वक आफ्नो अवस्थाबारे बताएको छु, लुकाएको छैन’, लामिछानेले भने, ‘मैले अपराध गरेको भए पीडित को हो? देखाउनुप¥यो । मैले अन्याय गरेको भए कसलाई अन्याय भयो एक जना मान्छे देखाइदिनुपर्‍यो ।’​

प्रतिक्रिया दिनुहोस्