Logo

मुद्दा र आवश्यकताका आधारमा निर्वाचनमा गठबन्धन: आले



भक्तपुर, २४ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा निर्वाचनमा गठबन्धन गर्ने बताएका छन् ।

छैटौँ भक्तपुर औधोगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा मन्त्री आलेले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने बताए । उनले भने, ‘स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ ।’ मन्त्री आलेले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने जिकिर गरेका छन् ।

उनले भने, ‘गठबन्धन दुवै पक्षलाई आवश्यक छ ।’ कोभिड-१९ का कारण दुई वर्ष थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि सबै क्षेत्रबाट सहयोग जरुरी रहेको मन्त्री आलेले उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्