Logo

मुलकको उपलब्धिलाई रक्षा गर्न सशक्त भूमिका निर्वाह गर्ने जसपाको निष्कर्ष



काठमाडौँ, १८ पुस । जनता समाजवादी पार्टी (जसपा)ले मुलकको उपलब्धिलाई रक्षा गर्नका लागि पार्टीले सशक्त भूमिका निर्वाह गर्ने जनाएको छ ।

सोमबारबाट ललितपुरमा सुरु राजनीतिक समितिको बैठकले राजनीतिक अवस्था र निर्वाचनको समीक्षा गर्दै जसपाले सरकारमा रहेर वा प्रतिपक्षमा रहेर संघीयतालगायतका उपलब्धिलाई रक्षा गर्न सशक्त भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा अध्यक्ष उपेन्द्र यादवले जसपा राष्ट्रिय पार्टी बन्नुमा सन्तोषजनक हुनुपर्ने तर यो नै प्रयाप्त नभएको बताए ।

बैठकपछि जसपा नेता डा सुरेन्द्र यादवले सरकारमा सहभागिताका विषयमा मंगलबार छलफल हुने र निष्कर्षमा पुगिने बताए ।

वर्तमान सरकारलाई समर्थन गरेको जसपाभित्र सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा विवाद छ ।

प्रतिक्रिया दिनुहोस्