Logo

मुलुकको सङ्कट समाधान गर्न सैद्धान्तिक कार्यदिशा प्रष्ट हुनुपर्छ: अध्यक्ष नेपाल



फायल तस्बिर

काठमाडौँ, २० पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको सङ्कट समाधान गर्न राष्ट्रिय पार्टीको सैद्धान्तिक कार्यदिशा प्रष्ट हुनुपर्ने बताएका छन् ।

नेकपा (एस)को काठमाडौँ महानगर कमिटीद्वारा केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले देशको वर्तमान सङ्कट समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति आफू नेतृत्वको पार्टी भएको दाबी गरेका हुन् ।

उक्त अवसरमा अध्यक्ष नेपालले बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीलाई त्यहाँका जनताका लागि सङ्कलन गरिएको राहत सामग्री हस्तान्तरण गरेका छन् । बझाङको पाथिभरा गाउँपालिका-१ को मटेला बगडेगाउँका दलित, महिला, एकल महिला र ओझा समुदायका लागि राहत सामग्री उपलब्ध गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्