काठमाडौँ, १ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँच दलीय गठबन्धन कायम रहने बताएका छन् ।
सन्तनेता कृष्णप्रसाद भट्टराई फाउन्डेशनले आज आयोजना गरेको ‘नव-निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बधाई/शुभकामना तथा अन्तरक्रिया’ कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणका निम्ति आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचनमा गठबन्धन कायम रहने बताए ।
उनले भने, “नेपाल सम्भावना भएको मुलुक हो, यहाँ जलस्रोत, पर्यटन, कृषिमा प्रचुर सम्भावना छ, त्यसको भरपुर उपयोग गरेर मुलुकलाई आगामी १० वर्षभित्रमा समृद्ध मुुलुकका रुपमा विकास गर्दै रोजगारीको सिर्जना गरी विदेसिएका युवालाई स्वदेशमै रोजगार बनाउने हाम्रो योजना छ ।”







