नवलपरासी, २२ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको हित र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको बताएका छन् ।
उनले कुनै दलसँग डराएर गठबन्धन दलबीच तालमेल नभएको स्पष्ट पारेका छन् ।
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त गठबन्धनले आज नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता शर्माले समाजको हितलाई सम्झेर स्थानीय निर्वाचनमा मतदान गर्न आग्रह गरेका छन् । “मतदान गर्दा आफू, परिवार, समाज र नगरको हितलाई केन्द्रमा राखौँ, योग्य उम्मेदवारलाई नगरको साँचो सुम्पिऔँ”, उनले भने ।