काठमाडौँ, १९ पुस । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक थप जटिल मोडतर्फ जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
अहिलेको गठबन्धनले सबै समस्या समाधान गर्नेमा जनता विश्वस्त नभएको थापाको टिप्पणी छ ।
“अहिले मुलुकको विद्यमान संरचनागत त्रुटिका कारण संसद्को आयु पनि पूर्णकालीन नहुनेतर्फ आशंका छ,” थापाले भने । मुलुकको राष्ट्रियता र स्वाभिमान कमजोर बन्ने तथा विदेशी प्रभाव र हस्तक्षेप बढ्न सक्नेतर्फ राष्ट्रवादी शक्तिहरु चनाखो हुनुपर्नेमा उनको जोड थियो ।
पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारीका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै थापाले राप्रपा नेपाल आगामी दिनमा नयाँ शिराबाट नयाँ उर्जाका साथ अघि बढ्नेसमेत बताए ।







