काठमाडौँ, १९ भदौ । पोखराबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि आपतकालीन अवतरण गरिएको छ ।
जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएपछि बिहान ७ बजेर ५९ मिनेटमा उडेको जहाजको इन्जिनमा समस्या देखिएपछि ८ बजेर ६ मिनेटमा पुनः पोखरा विमानस्थलमै अवतरण गरिएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताए।
जहाजमा १८ यात्रु थिए भने चालक दलका चार जना थिए। विमान सकुशल विमानस्थलमा अवतरण गरिएको उनले बताए।






