Logo

मृतकका परिवारले पाउने बीमाबापतको रकम ठगी गर्ने कर्मचारी पक्राउ



काठमाडौँ, २७ चैत । वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरुले बीमाबापत पाउने रकममा ठगी गर्ने बीमा कम्पनीका कर्मचारी पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–४ बुढाथोकीगाउँ बस्ने सूर्यज्योति जीवन बीमा कम्पनीमा कार्यरत जुनियर अधिकृत उमेश बुढाथोकी रहेका छन् ।

प्रहरीले सोही ठगी प्रकरणमा अर्घाखाँची छत्रदेव गाउँपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–२६ रानीबारी बस्ने वैदेशिक रोजगार बोर्डमा कार्यरत नायब सुब्बा ३६ वर्षीय पशुपति अधिकारीलाई समेत पक्राउ गरी अनुसन्धान थालेको जानकारी गराएको छ ।

उनीहरुलाई पनि थप अनुसन्धान तथा कारबाहीका लागि आजै जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा बुझाइएको रेग्मीले जानकारी दिए । यसअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रहेका रामबहादुर तामाङसमेत ६ जनालाई चैत २३ गते काठमाडौँ गोङ्गबुबाट पक्राउ गरिसकेको छ । उनीहरुका साथबाट मृतकको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनीको लेटरप्याडलगायत कागजातहरु बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्