Logo

मेक्सिकोमा आँधीले ११ जनाको मृत्यु



मेक्सिको, १९ जेठ । मेक्सिकोमा अगाथा नामक आँधीका कारण बस्ती डुबानमा पर्दा ११ जनाको मृत्यु भएको छ । आँधीमा परी कम्तीमा ३३ जना हराइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी ‘नेसनल हरिकेन सेन्टर (एनएचसी)’का अनुसार यो आँधी सोमबार मेक्सिकोको प्रशान्त किनारबाट सुरू भएको थियो । सन् १९४९ मा रेकर्ड राख्न सुरू गरिएपछि आएको यो सबैभन्दा शक्तिशाली आँधी भएको बताइएको छ ।

हावाहुरीसँगै भारी वर्षा हुँदा मानवीय तथा भौतिक क्षति भएको मौसमविद्ले बताएका छन् । ओक्साका राज्यका गभर्नर एलेजेन्ड्रो मुराटले आँधीबाट आएको अवस्थाबाट नआत्तिन र विपत्तिबाट हुनसक्ने क्षतिबाट जोगिन सर्तकता अपनाउन नागरिकलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्