Logo

मेचीनगरका कार्यपालिका सदस्यले गरे सपथ ग्रहण



मेचीनगर, १९ जेठ । मेचीनगरमा निर्विरोध निर्वाचित नगर कार्यपालिकाका आठ जना सदस्यहरुले सपथ लिएका छन् ।

बिहीबार नगरपालिकाको सभाहलमा आयोजना भएको सपथ ग्रहण कार्यक्रममा निर्विरोध निर्वाचित कार्यपालिका पाँच महिला र तीन जना पुरुष सदस्यहरुले सपथ लिएका हुन् ।

उनीहरुलाई मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले सपथ ग्रहण गराएका छन् ।निर्विरोध निर्वाचित महिला कार्यपालिका सदस्यहरुमा तीलजा देवान, माया प्याकुरेल, अञ्जु थापा, रिता परियार र कविता खनाल सार्की रहेका छन् ।

त्यस्तै तीन जना कार्यपालिका पुरुष सदस्यहरुमा ह्दय राजबंशी, चित्र धिमाल र अमित राई रहेका छन् ।

सो अवसरमा उपप्रमुख मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहाल, निर्वाचन अधिकृत वेदराज फुयल, सहायक निर्वाचन अधिकृत रेवन्त भट्टराई, डिएसपी ज्ञानकुमकार महतो लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन वरिष्ठ प्रशासकिय अधिकृत अन्नतप्रकाश वस्तीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्