Logo

मेचीनगरका जनप्रतिनिधिद्वारा सपथ ग्रहण (फोटोफिचर)



झापा, १२ जेष्ठ । मेचीनगर नगरपालिकाका जनप्रतिनिधिहरूले सपथ ग्रहण गरेका छन् ।

नगरपालिका कार्यालय परिषरमा बिहीबार आयोजित सपथ ग्रहण समारोहमा नवनिर्वाचित नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले उपप्रमुख मिना उप्रेतीसहित सबै वडाका वडाध्यक्ष र सदस्यहरूलाई सपथ ग्रहण गराएका हुन् ।

नगरका प्रमुख प्रशासकिय अधिकृत सुरेश दाहालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइराला रहेका थिए ।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि कोइराला, बागमती प्रदेशका निर्वतमान प्रदेश प्रमुख विष्णु प्रसाईं, निर्वतमान नगरप्रमुख विमल आचार्य, नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकी, उपप्रमुख पदका उम्मेद्वार प्रकाश भण्डारी लगायतले आ-आफना धारणा राखेका थिए ।

नगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन नगरका बरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकास वस्तीले गरेका थिए ।

यसअघि आज बिहान जिल्ला अदालत झापाका मुख्य न्यायधीशबाट मेचीनगरका नवनिर्वाचित नगरप्रमुख बुढाथोकीले सपथ ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्