Logo

मेचीनगरका सञ्चारकर्मीबीच शुभकामना आदानप्रदान



मेचीनगर, ३ कार्तिक । मेचीनगरका सञ्चारकर्मी माझ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

चाडपर्व २०८० को अवसरमा क्लबले आफ्ना सदस्य तथा मेचीनगरमा रहेका सञ्चारकर्मीबीच भेटघाट कार्यक्रमको आयोजना गरेको हो ।

शुक्रबार क्लबको कार्यालय इटाभट्टामा आयोजित कार्यक्रममा क्लबका पूर्व पदाधिकारी, अग्रज सञ्चारकर्मी, क्लबका सदस्यलगायतको उपस्थिति रहेको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा अग्रज पत्रकारहरुले चाडपर्वले सबैमा सकारात्मक उर्जा प्रवाह गर्ने विश्वास व्यक्त गरे । उनीहरुले सञ्चारमाध्यमलाई स्थानीय सरकारबाट सहयोग प्राप्त नभएको गुनासो गरेका थिए ।

उक्त कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ७ का वडाध्यक्ष प्रह्लादमणी ओलीले स्थानीय सरकारको तर्फबाट चाहेजति सहयोग गर्न नसकिएको बताए ।

उनले सरकारका सकारात्मक गतिविधिलाई समेत नगरवासीसमक्ष पुर्याउन आग्रह गरेका छन् । उनले नगरका सञ्चारमाध्यमलाई वडाको तर्फबाट यथासक्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

क्लबका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लागाईं, नारी सञ्चारगृहकी पूर्व अध्यक्ष अम्बिका भण्डारी, पूर्व अध्यक्षहरु ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, संस्थापक अध्यक्ष सन्तोष आचार्य लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

क्लबका उपाध्यक्ष जीआर धितालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव देबु बानियाँले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्