मेचीनगर, १२ वैशाख । नेपाली काँग्रेसले मेचीनगर नगरपालिकाको प्रमुखमा इन्द्र बहादुर बुढाथोकीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
प्रदेश समितिको निर्णयलाई उल्ट्याउँदै काँग्रेस केन्द्रिय संसदीय बोर्डले बुढाथोकीलाई मेचीनगरको प्रमुखको उम्मेद्वार बनाउने निर्णय गरेको काँग्रेसस्रोतले जनाएको छ ।
झापा क्षेत्र नं. १ का काँग्रेस क्षेत्रीय सभापतिसमेत रहेका बुढाथोकीलाई सोमबार बसेको केन्द्रिय संसदीय बोर्डले उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
महामन्त्री विश्वप्रकाश शर्माको गृह नगर समेत रहेको मेचीनगरको प्रमुखका लागि यस अघि प्रदेश समितिले जिल्ला उपसभापति केशवराज पाण्डेलाई उम्मेद्वार बनाउने निर्णय गरेको भए पनि उक्त निर्णय माथि केन्द्रले हस्तक्षेप गरेर बुढाथोकीलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
मेचीनगरको उपप्रमुख सत्ता गठबन्धन दलबाट माओवादी केन्द्रको भागमा परेको छ ।