Logo

मेचीनगरको प्रमुखमा चार जनाको उम्मेद्वारी दर्ता



मेचीनगर, ११ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि मेचीनगरमा पहिलो दिन प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा ६६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पाँच दल र स्वतन्त्रका गरी ६६ जना उम्मेद्वारहरुले मनोनयन पत्र दर्ता गराएका हुन् ।

निर्वाचन अधिकृत वेदराज फुयालले मेचीनगर नगरपालिकाको प्रमुखमा चार जना, उपप्रमुखमा ३ जना, वडाध्यक्षमा २३ जना, महिला सदस्यमा १० जना, दलित महिला ४ जना, वडा सदस्य २२ जनाले उम्मेद्वारी मनोनयन पत्र दर्ता गराएको बताए ।

मंगोल नेशनल अग्रनाईजेशन पार्टीले प्रमुखमा किशोर धिमाल र उपप्रमुखमा सिखा लिम्बु, नेकपा मालेबाट प्रमुखमा भरोसादास पौडेल, मौलिक जरोकिलो पार्टीबाट प्रमुखमा हिरा बाँस्तोला र उपप्रमुखमा सीता दुलाल र लोकतान्त्रीक समाजवादी पार्टीबाट प्रमुखमा लवनशिल धिमाल र उपप्रमुखमा अनिता मुर्मुले उम्मेद्वारी दर्ता गराएको फुयालले जानकारी दिए ।

संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट १ जनाले वडाध्यक्षमा उम्मेद्वारी दिएका छन् भने स्वतन्त्रबाट ३ जनाले वडाध्यक्षमा उम्मेद्वारी दिएको फुयालले बताए ।

प्रतिक्रिया दिनुहोस्