Logo

मेचीनगरको भगवती प्लाइउड उद्योगमा आगलागी



झापा, २८ फागुन । झापाको मेचीनगर १५ ज्यामिरगढीमा रहेको भगवती लेमिनेट्स प्लाइउड कारखानामा आज बिहान ५ बजेदेखि आगलागी भएको छ ।

आगलागी नियन्त्रणका लागि ८ वटा दमकल प्रयोग गरिए पनि पूर्ण नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । उद्योगको कच्चा पदार्थमा धेरै क्षति भएको छ । आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले प्रयास गरिरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्