Logo

मेचीनगरबाट २० लाख बराबरको अवैध सामान बरामद



झापा, ९ पुस । मेचीनगरबाट प्रहरीले अवैध रुपमा नेपाल भित्राएको २० लाख बराबरको कपडा र गाडिका पार्टसहरु बरामद गरेको छ ।

शनिबार बिहान ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो र जिल्ला प्रहरी कार्यालय झापाबाट खटीएको प्रहरी टोलीले उक्त सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

प्रहरीले मेचीनगर नगरपालिका वडा नं.८ खडिया बस्ती स्थित सडक छेउमा रहेको नरबहादुर कुँवरको खाली गाई गोठबाट सामान बरामद गरेको थियो । प्रहरीले १९ पोका कपडा र २ पोका गाडिको पार्टस बरामद गरेको जनाएको छ ।

बरामद गरिएको सामान आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस्