Logo

मेचीनगरमा आजबाट नदिजन्य पदार्थ उत्खन्नमा रोक



मेचीनगर, १ असार । मेचीनगर नगरपालिकाले आजबाट नदिजन्य पदार्थ उत्खन्नमा रोक लगाएको छ ।

मेचीनगर नगरपालिकाले २०७९ जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर असार १ गतेदेखि भदौ मसान्तसम्म नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको हो ।

‘मेचीनगरमा सार्वजनिक सूचना जारी गरेर नदिजन्य पदार्थहरू उत्खन्नमा प्रतिबन्ध लगाइएको छ’, नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले भने-‘आज अर्थात असार १ गतेदेखि भदौ मसान्तसम्म लागु हुनेछ ।’

सार्वजनिक सूचनालाई जो कोहिले उल्लंघन गरेर खोलाबाट निर्माण सामाग्री झिकेको थाहापाए कानुनी कारवाही हुने उपप्रमुख एवम् अनुगमन समिति संयोजक मीना पोखरेल उप्रेतीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्