मेचीनगर, ३० वैशाख । मेचीनगर नगरपालिकामा उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ । मेचीनगरका मतदान केन्द्रमा शुक्रबार नागरिकको उत्साहजनक सहभागिता रहेको थियो ।
मेचीनगर नगरपालिकामा ७० प्रतिशत भन्दा बढी मतदान भएको छ ।
शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गतको मतदानमा मेचीनगरमा ६३ हजार ६८८ मत खसेको हो ।
१५ वटै वडामा खसेको मतको संख्याका आधारमा मेचीनगरमा ७०.६० प्रतिशत मत खसेको हो । मेचीनगरमा ४५ हजार १ सय १२ पूरुष र ४५ हजार ९० महिला गरी कुल ९० हजार २ सय २ जना मतदाता रहेका थिए ।