Logo

मेचीनगरमा कांग्रेसका दुई उम्मेद्वार, मनोनयन दर्तामै विवाद



मेचीनगर, १२ वैशाख । मेचीनगर नगरपालिकाको प्रमुखमा नेता कृष्ण सिटौला र महामन्त्री विश्वप्रकाश शर्माका पक्षबीच उम्मेदवारी दर्ताको विषयलाई लिएर विवाद भएको छ ।

नेपाली कांग्रेस प्रदेश समितिले सिटौलानिकट केशवराज पाण्डेलाई उम्मेद्वार घोषणा गरे लगत्तै केन्द्रीय पार्टी कार्यालयबाट इन्द्रकुमार बुढाथोकीलाई उम्मेद्वार बनाउने पत्र आएको छ । पत्रमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन् ।

तर, महामन्त्री शर्मानिकट बुढाथोकीले आफू आधिकारिक उम्मेदवार बन्ने मनोनयन दर्ता गराउन खोजेपछि विवाद भएको हो । सिटौलानिकट उम्मेदवार पाण्डेले बुढाथोकीको मनोनयन फारम खोसेका थिए ।

प्रतिक्रिया दिनुहोस्