झापा, २७ कात्तिक । मेचीनगरमा पुलबाट झरेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुद्धशान्ति-५ बस्ने ४५ वर्षिय होमबहादुर पोखरेल रहेका छन् ।
दोकानडाँडादेखि पूर्व मेचीनगर ३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पाखरेलको राति नै मृत्यु भएको र स्थानीयले आज बिहान देखेर प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।






