झापा, २८ असार । मेचीनगर नगरपालिका वडा नं.१२ स्थित धाइजनमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं.१२ का अन्दाजी ४० वर्षका राजन विश्वकर्मा रहेका छन् ।
धाइजनको स्थिति तनावग्रस्त छ । स्थानीयले लास उठाउन दिएका छैनन् । ठक्कर दिने गाडीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।







