मेचीनगर, ३१ जेठ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित मेचीनगरमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१२ निवासी २४ वर्षीय सुरज मेचे र सोही ठाउँका २२ वर्षीय जीवन सार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय धुलाबारी, लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचेलाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट ८ ग्राम ५२ मिली ग्राम ब्राउन सुगर, नगद ७३ हजार, एउटा मोबाइल र डिजिटल मिनी तराजु फेला परेको थियो ।
मेचेसँगै रहेका सार्की समेत उक्त कार्यमा संलग्न देखिएकोले दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।