मेचीनगर, १ जेष्ठ । मेचीनगरमा मतगणना मध्य राति स्थगित भएको छ ।
शनिबार राति करिव १२ वजे गणना स्थलमा प्रतिनिधि राख्ने विषयमा राजनीतिक दल र निर्वाचान अधिकृतबीच विवाद भएपछि मतगणना स्थगित भएको हो ।
मतगणना स्थलमा प्रतिनिधि राख्ने बिषयमा सहमति नमिलेपछि विवाद भएको थियो ।
माओवादी केन्द्रका प्रतिनिधि मतगणना स्थलबाट बाहिरिएका थिए । प्रतिनिधि व्यवस्थापनमा निर्वाचन कार्यालयले कमजोरी गरेको भन्दै एमालेले असन्तुष्ट व्यक्त गरेको छ ।
गणकमा बसेका कर्मचारीले पनि निश्पक्षता नदेखाएकाले तत्काल मतगणना स्थगित गर्नु परेको एमालेका एक नेताको भनाई छ ।
मेचीनगर–१५ नम्बर वडाको मत गणना सुरु गर्ने तयारी भइरहेको बेला दलका प्रतिनिधि राख्ने विषयमा विवाद बढेकाले तत्कालका लागि मतगणना स्थगित भएको थियो ।