मेचीनगर, २८ साउन । नेपाल परिवार नियोजन संघ झापा ( PEER Educator) को आयोजनामा मेचीनगरमा युवाहरुसँग परिवार नियोजन संघ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
२३ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भएको कार्यक्रममा ३० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
परिवार नियोजन संघ झापाका पिइआर एजुकेटर संयोजक विशाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण वरिष्ठ काउन्सिर प्रमिला गौतमले गरेकी थिइन् ।
गौतमले कार्यक्रममा युवा पुस्तामा परिवार नियोजन किन आवश्यक र कसरी गर्ने लगायतका बारेमा सहजीकरण गरेकी थिइन् ।
सोही अवसरमा उत्कृष्ट पिइआर एजुकेटर (PEER Educator) का रुपमा प्रतापबाबु जमरकटेललाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा नयाँ बिहानी आमा समूहका अध्यक्ष कमला बुढाथोकी, प्रगतिशिल युवा क्लबका सचिव सुजन घिमिरे र युवा सदस्य रेजिना शंकर लगाायतले शुभकामना मन्तव्य राखेका थिए ।
परिवार नियोजन संघ झापाका वरिष्ठ शाखा प्रबन्धक सुजन काफलेले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् भने विवेक चम्लागाईंले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन भावना पोखरेलले गरेकी थिइन् ।