मेचीनगर, १७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर नगरपालिका-९ वडा कमिटीको आयोजनामा हरि आधारभूत विद्यालयको प्राङ्गणमा एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
प्रतिमा जमुना मेडिकल हल, धुलाबारी डेन्टल केयर तथा रजक आई केयर एण्ड अप्टिकल धुलाबारीको प्राविधिक सहयोगमा भएको शिविरमा ३०८ जनाले सेवा लिएको रास्वपा मेचीनगर-९ का उपसभापति शिशिर पोखरेलले जानकारी दिए ।
शिविरमा १४४ जनाको आँखा, ६८ जनाको दाँत तथा ९६ जनाको फिजिसियन तर्फ परीक्षण गरिएको हो ।
उक्त शिविरमा पार्टीका कोशी प्रदेश इन्चार्ज ओम भण्डारी, जिल्ला सभापति उमेश खरेल, शिक्षा विभाग प्रमुख प्रेमसागर घिमिरे, क्षेत्रिय सभापति भिम कुँवर, पालीका सभापति कमल गौतम, पालीका उपसभापति सन्तोष राजवंशी, पालीका सचिव असिम दाहाल लगायतको उपस्थिति रहेको थियो ।







