Logo

मेचीनगरमा ‘वर्ड सेन्च्युरी’ क्षेत्र घोषणा गर्ने योजना



मेचीनगर, १४ भदौ । लामो समयदेखि चरा सम्बन्धी खोज र अनुसन्धान गरिरहेका मेचीनगर-७ निवासी देवेन्द्र खरेलले मेची चरा तथा वन्यजन्तु संरक्षण समाज गठन गरेका छन् ।

सोमबार प्रेस क्लब मेचीनगरको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा समाजका अध्यक्ष खरेलले स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय झापाबाट विधिवत संस्था दर्ता गरेर ल्याएको सार्वजनिक गरेका हुन् ।

उनले मेचीनगरमा ३०० प्रजातिका चराहरु रहेकाले तिनको संरक्षण गरिने बताए । मेचीनगर-१५ को पाहन वस्ती, वडा नम्बर ३ को कुसढुगां, वडा नम्बर १० को धुलाबारी र वडा नम्बर १ मा चराहरुको बासस्थान रहेको उनको भनाई छ ।

‘चराहरु एकै ठाउँमा त बस्दैनन्, अध्यक्ष खरेलले भने ‘उनीहरु स्वतन्त्र हुन्छन् तर ति माथि उल्लेख गरिएका ठाउँहरुमा केहि चराहरुको बासस्थान छ ।’ मेचीनगरमा चरा संरक्षित क्षेत्र (वर्ड सेन्च्युरी) घोषणा गर्ने योजना रहेको खरेलले बताए ।

प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षता भएको सम्मेलनमा समाजका सचिव एसपी लुईटेलले चरा, मानाव र वन्यजन्तु संरक्षणका विषयमा चर्चा गरेका थिए ।

प्रेस क्लब मेचीनगर उपाध्यक्ष जीआर धितालले मन्तव्यबाट स्वागत गरेको पत्रकार सम्मेलनको सञ्चालन सचिव देबु बानियाँले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्