Logo

मेचीनगरमा हात्तीको आक्रमणबाट महिला घाइते



मेचीनगर, ८ फागुन । झापाको मेचीनगरमा हात्तीको आक्रमणबाट एक जना महिला गम्भीर घाइते भएकी छन् ।

घाइते हुनेमा मेचीनगर नगरपालिका वडा नं.१२ पाथिभरा टोल बस्ने ३१ वर्षीया चन्द्रकुमारी आङदाम्बे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कालिका सामुदायिक वन नजिकै दाउरा खोज्न क्रममा मंगलबार दिउँसो साढे १२ बजे हात्तीले उनलाई आक्रमण गरी घाइते बनाएको थियो । आङदेम्वेको टाउको र शरीरको बिभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

उनको हाल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्