Logo

मेचीनगरले ल्यायो एक अर्ब ५१ करोडको बजेट



मेचीनगर, १० असार । मेचीनगर नगरपालिकाले एक अर्ब ५१ करोड बढी रकमको बजेट ल्याएको छ ।

आज दोस्रो नगरसभाको तेस्रो अधिवेशन मार्फत नगरपालिकाकी उपप्रमुख मिना पोख्रेल उप्रेतीले आगामी आर्थिक बर्ष २०८०/८१ का लागि एक अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैँयाको बजेट प्रस्तुत गरेकी हुन् ।

जसमा नगरले चालु खर्चतर्फ ५६ दशमलव २९ प्रतिशत अर्थात ८५ करोड ७ लाख ७ हजार बजेट विनियोजन गरेको छ भने पुँजीगत खर्चतर्फ ४३ दशमलव ५४ प्रतिशत अर्थात ६५ करोड ८० लाख ३३ हजार ३ सय ६७ रुपैँया बजेट विनियोजन गरेको छ । यसैगरी वित्तीय व्यवस्था तर्फ शुन्य दशमलव १७ प्रतिशत अर्थात २५ लाख रुपैँया बजेट विनियोजन भएको छ ।

नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको नगरसभामा कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर उपप्रमुखले बजेट ल्याएकी हुन् ।

नगरपालिकाका प्रमुख बुढाथोकीको अध्यक्षतामा आज बसेको नगरसभाको बैठकको प्रमुख अतिथि झापा १ का सांसद समेत रहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा रहेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथी सांसद शर्मासँगै कोशी प्रदेश सभा सदस्यद्वय गोपाल तामाङ, सविना बजगाईं, जिल्ला समन्वय समिति सदस्य तुलसा काफ्ले बराल, नेपाली कांग्रेस मेचीनगर सभापति सुदय पनेरु, नेकपा एमाले नगर इन्चार्ज चन्द्र प्रसाईं, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष राजन चिमरिया, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर सचिव विशालकृष्ण बाँस्तोला, राष्ट्रिय स्वतन्त्र पार्टी नगर अध्यक्ष कमल गौतम, नेकपा एकीकृत समाजवादी नगर अध्यक्ष हरि तिम्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रमको सञ्चालन मेचीनगर-२ का वडाध्यक्ष दिपक बरालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्