मेचीनगर, १० असार । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
शुक्रबार आयोजित मेचीनगर नगरपालिकाको दोस्रो नगरसभा तथा प्रथम बैठकमा उपप्रमुख मीना पोखरेल उप्रेतीले १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् ।
प्रस्तुत गरेको बजेट मध्ये चालूतर्फ ६२ करोड २३ लाख, पुँजीगत खर्चतर्फ ७० करोड ४० लाख ४० हजार १६ रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
मेचीनगरले संघबाट अन्तर सरकारी वितिय हस्तान्तरणतर्फ ४० करोड ४६ लाख, प्रदेश सरकारबाट पुँजीगत खर्चबाट ११ करोड १२ लाख ३ हजार रुपैयाँ, ऋण सावा व्याज भुक्तानीतर्फ ६ लाख र सम्पुरक कोषमा ५ करोड छुटाईएको छ ।